खेल


ईपीएलको नयाँ खेल तालिका सार्वजनिक

ईपीएलको नयाँ खेल तालिका सार्वजनिक

नेपालखबर
असोज १२, २०७८ मंगलबार १९:३६, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल)मा वर्षाका कारण स्थगित भएका खेलहरु बिहीबार र शुुक्रबार हुने भएका छन्। 

लगातार पानीले खेल रोकिएपछि आयोजकले मंगलबार पुनः नयाँ खेल तालिका सार्वजनिक गरेको हो।  

नयाँ खेल तालिकाअनुसार काठमाडौं किग्ंस इलाभेन र विराटनगर वारियर्स तथा चितवन टाइगर्स र भैरहवा ग्लाडियर्टसबीचको खेल बिहीबार हुनेछ।

आजका लागि तय भएको पोखरा राइनोज र काठमाडौं किंग्स इलाभेनको खेल शुक्रबार बिहान साढे ९ बजे सुरु हुनेछ। 

आइतबार देखि लगातार पानी परेपछि मैदान भिजेपछि ३ खेल टस नै नभइ स्थगित भएका थिए। आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियर्टस बिचको खेल १० दशमलव १ ओभर हुँदा पानीले खेल अवरुद्ध भएको थियो। 

सो खेलमा दुवै टोलीले अंक बाँडेका थिए। त्यसयताका ३ खेल पानीका कारण हुन सकेको छैन। 

ईपीएलमा भोलि बुधबारको पहिलो खेलमा  ललितपुर प्याट्रियट्स र पोखरा राइनोज बिहान साढे ९ बजे खेल्नेछन्। 

भोलि नै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स दिउँसो साढे १ बजे भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad