ad ad

कारोबार


होङ्सी सिमेन्टलाई तीन महिनाभित्र विद्युत् दिन्छौँः प्राधिकरण

होङ्सी सिमेन्टलाई तीन महिनाभित्र विद्युत् दिन्छौँः प्राधिकरण

नेपालखबर
असोज ४, २०७८ सोमबार १३:६, काठमाडौँ

चिनियाँ लगानीमा खुलेको होङ्सी सिमेन्टलाई तीन महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले होङ्सीलाई तीन महिनाभित्रै विद्युत् आपूर्ति गर्नलागेको हो।

उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिन लागिएको छ। 

भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको हो । 

कार्यकारी निर्देशक घिसिङले उद्योगका पदाधिकारीहरुसँग छलफल गरी तीन महिनाभित्र विद्युत आपूर्ति दिन सकिने भएकाले सोही अनुसार आवश्यक तयारी गर्न आग्रह गरेका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्याउने  घोषणा अनुसार यो लाइन बनिरहेको हो । लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत् उत्पादन गरी प्रयोग गरिरहेको छ । 

उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङसीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ । 

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .