ad ad

खेल


सस्तैमा समेटियो ओमान, चम्किए सन्दीप र करण

सस्तैमा समेटियो ओमान, चम्किए सन्दीप र करण

नेपालखबर
असोज ३, २०७८ आइतबार १८:५९, काठमाडौँ

करण केसी र सन्दीप लामिछाने चम्किँदा आईसीसी लिग २ त्रिकोणात्मक सिरिजअन्तगर्तको खेलमा नेपालले ओमानलाई १ सय २१ रनमा नै रोकेको छ।   

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले ओमानलाई ३७ दशमलव १ ओभरमा १ सय २१ रनमा नै अलआउट गरेको हो। 

१ सय २२ रनको विजयी लक्ष्य पाएको नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

लगातार विकेट पतनसँगै दबाबमा आएको ओमानले १४ ओभरमा नै ६ विकेट गुमाइसकेको थियो। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४ विकेट लिए। शरद भेषावकरले २ विकेट आफ्नो नाममा गरे। ओडीआई क्रिकेटमा शरदले पहिलो विकेट लिएका हुन्। 

८ ओभर बलिङ गरेका करणले १ मेडन राख्दै २५ रन खर्चे। ८ दशमलव १ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चे। 

शरद भेषावकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए। 

नेपालले दोस्रो ओभरको चौथो बलमा नै पहिलो विकेट झार्न सफल भएको हो। करण केसीले ओपनर जतिन्दर सिंहलाई पवेलियनको बाटो देखाए। 

१३ बलमा १ चौका र १ छक्का मद्दतमा १३ रन बनाएका सिंह लामो सट खेल्ने धुनमा आशिफ शेखको हातबाट क्याच आउट हुन पुगे। 

त्यस्तै छैटौँ ओभरको पाँचौँ बलमा करणले दोस्रो विकेट लिन सफल भए। ओमानका अर्का ओपनर सुफियान मेहमुद ४ रन बनाउँदा सुसन भारीको हातबाट क्याच आउट भए। 

करणले आठौँ ओभरको पाँचौ बलमा आयान खानलाई ७ रनमा बोल्ड आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए। 

सन्दीपले सुरुवाती २ ओभरमा ४ रन खर्चेर ३ विकेट झार्दै नेपाललाई सफलता दिलाएका थिए। सन्दीपले मोहम्मद नदिमलाई एलबीडब्लु धरापमा पारे। १८ बलमा ४ रन जोडेका नदिम सस्तैमा आउट भए।  

लगातार २ विकेट लिएका सन्दीपले विकेट किपर सुरज कुमारलाई १३ ओभरको चौथो बलमा शुन्य रनमा बोल्ड आउट गरे। पाँचौँ बलमा १ बलको सामना गरेका नेस्टोर डम्बा शुन्य रनमा नै एलबीडब्लु धरापमा पारे। 

ओमानका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर छुन सके। कप्तान जेसन मक्सुदले जोडेको ४१ रन नै ओमानका लागि सर्वाधिक रह्यो। ओपनर जतिन्दर सिंह १३, नसिम खुसीले १२ र कलिमुल्लाहले ११ रन थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .