खेल


ओमानविरुद्ध नेपालको शानदार सुरुवात

ओमानविरुद्ध नेपालको शानदार सुरुवात

नेपालखबर
असोज ३, २०७८ आइतबार १७:५, काठमाडौँ

करण केसी चम्किएसँगै आईसीसी लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले शानदार सुरुवात गरेको छ।  

लगातार विकेट पतनसँगै दबाबमा आएको ओमानले १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३२ रन मात्रै बनाएको छ। 

नेपालका करण केसीले छैटौँ ओभरमा नै दुवै ओपनरलाई पवेलियनको बाटो देखाएका छन्।   

ओमानको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले दोस्रो ओभरको चौथो बलमा नै पहिलो विकेट झार्न सफल भएको हो। 

ओपनर जतिन्दर सिंहलाई पवेलियनको बाटो देखाएका थिए। 

१३ बलमा १ चौका र १ छक्का मद्दतमा १३ रन बनाएका सिंह लामो सट खेल्ने धुनमा आशिफ शेखको हातबाट क्याच आउट हुन पुगे। 

त्यस्तै छैटौँ ओभरको पाँचौ बलमा करणले दोस्रो विकेट लिन सफल भए। ओमानका अर्का ओपनर सुफियान मेहमुदलाई ४ रनमा पवेलिएन फर्काए। 

करणले उनलाई सुसन भारीको हातबाट क्याच आउट गराए। १६ बलको सामना गरेका सुफीयानले ४ रन मात्र जोडे। 

करणले आठौँ ओभरको पाँचौँ बलमा आयान खानलाई बोल्ड आउट गरे। १८ बलमा ७ रन बनाएका खान मैदान छाड्न बाध्य भए। 

कसिलो बलिङ गरेका करणले ५ ओभरमा १२ रन खर्चेर १ मेडनसहित ३ विकेट लिन सफल भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad