ad ad

खेल


एएफसी महिला एसियन कप २०२२ छनोट : फिलिपिन्ससँग हार्‍यो नेपाल

एएफसी महिला एसियन कप २०२२ छनोट : फिलिपिन्ससँग हार्‍यो नेपाल

नेपालखबर
असोज २, २०७८ शनिबार १७:४८, काठमाडौँ

उज्वेकिस्तानमा सुरु एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ। 

शनिबार जेएआर एसओके स्टेडियममा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ को गोल अन्तरले पराजित भएको हो।  

खेलको पहिलो हाफमा बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित हुन पुग्यो।  

खेलको १० औँ मिनेटमा फरवर्ड विमला चौधरीको गोलमा नेपालले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो। 

दोस्रो हाफको अन्तिम समयमा फिलिपिन्सले गोल गर्दै जित निकालेको हो। 

महिला फुटबलमा नेपाल र फिलिपिन्स सन् १९९९ पछि पहिलो पटक भेट भएका हुन्।  एएफसी महिला च्याम्पियनसिप अन्तर्गत नै भएको भेटमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो। 

समूह एफ मा रहेको नेपालले अर्को खेल ५ गते हङकङसँग खेल्नेछ। फिलिपिन्स र हङकङको खेल भने ८ गते हुनेछ।  

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ। 

यो प्रतियोगितालाई विश्वकप छनोटको रुपमा समेत लिईएको छ। एशियन कपमा छनोट हुने टोलीले मात्र विश्वकप छनोट खेल्न पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .