नेपाल क्रिकेट संघ(क्यान)ले ७ प्रदेशमा १० क्रिकेट प्रशिक्षकको नियुक्ति गरेको छ।
क्यानले प्रदेश १ मा पुष्प थापा, प्रदेश २ मा प्रकाश शरमा र सुनिलकुमार साह, बागमती प्रदेशमा सन्जय महर्जन, गण्डकी प्रदेशमा रिजन प्रजु, लुम्बिनी प्रदेशमा बसन्त शाही र जमल अन्सारी, कर्णाली प्रदेशमा वीरेन्द्र शाही र सुदूरपश्चिम प्रदेशमा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षकमा नियुक्त गरेको छ।
क्यानले गत भदौंमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकसहित क्यानले सातवटै प्रदेशका लागि एक एक प्रशिक्षक मागेको थियो।
तत्कालिन मुख्य प्रशिक्षक उमेश पटुवालले राजीनामा दिएपछि क्यानले आवेदन माग गरेको थियो।
त्यसपछि मुख्य प्रशिक्षकमा देभ व्हाटमोरको नियुक्ति भएपनि उनले राजीनामा दिइसकेका छन।
144
Shares

प्रतिक्रिया