खेल


अमेरिकासँग ६ विकेटले हार्‍यो नेपाल

अमेरिकासँग ६ विकेटले हार्‍यो नेपाल

नेपालखबर
असोज १, २०७८ शुक्रबार २२:२६, काठमाडौँ

स्टेभन टेलरले आक्रामक ब्याटिङ गरेपछि नेपालले विश्व क्रिकेट लिग-२ मा अमेरिकासँग ६ विकेटको हार ब्यहोरेको छ। 

ओमानमा शुक्रबार राति सम्पन्न खेलमा नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९.३ ओभरमा ४ विकेट गुमाई भेट्टायो। 

अमेरिकाका टेलरले ६३ बलमा १२ चौका र ३ छक्काको मद्दतमा ९२ रन जोडे। यस्तै मयंक पटेलले ३८ र जस्करन मलहोत्राले ३६ रनको पारी खेल्दै अमेरिकालाई जित दिलाए। 

नेपालका सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो। 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि अन्य ब्याट्सम्यान धेरै बेर क्रिजमा रहन सकेनन। 

ज्ञानेन्द्रले १०५ बलमा ३ चौका प्रहार गरे। 

त्यसबाहेक नेपालका गुल्सन झाले ५३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २८, कुशल मल्लले ४३ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे। 

अन्य ब्याट्सम्यानहरुमा विनोद भण्डारीले १०, आशिफ सेखले ३, रोहित पौडेलले २, करण केसीले १२, सन्दीप लामिछानेले ११ र सुशन भारीले २ रन जोडे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad