विश्व क्रिकेट लिग-२ अन्तर्गत जारी खेलमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ।
ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि अन्य ब्याट्सम्यान धेरै बेर क्रिजमा रहन सकेनन।
ज्ञानेन्द्रले १०५ बलमा ३ चौका प्रहार गरे।
त्यसबाहेक नेपालका गुल्सन झाले ५३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा २८, कुशल मल्लले ४३ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे।
अन्य ब्याट्सम्यानहरुमा विनोद भण्डारीले १०, आशिफ सेखले ३, रोहित पौडेलले २, करण केसीले १२, सन्दीप लामिछानेले ११ र सुशन भारीले २ रन जोडे।
66
Shares

प्रतिक्रिया