ad ad

खेल


अमेरिकाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक

अमेरिकाविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक

नेपालखबर
असोज १, २०७८ शुक्रबार १८:५७, काठमाडौँ

आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन। 

४१औं ओभरमा ज्ञानेन्द्रले ९१ बलको सामना गर्दै ३ चौकासहित अर्धशतक पूरा गरेका हुन।

उनको अर्धशतकसहित नेपालले ४२ ओभरको खेल सकिदा ७ विकेट गुमाएर १५० रन पूरा गरेको छ।

त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ​२७औं ओभरको पहिलो बलमा कप्तान ज्ञानेन्द्र मल्लले चौका प्रहार गर्दै सय रन पूरा गराएका थिए। 

​कप्तान ज्ञानेन्द्र ६० बलमा ३ चौकासहित ३६ रन बनाएर खेलिरहेका छन। यस्तै गुलसन झा ५ रन बनाएर उनलाई साथ दिइरहेका छन। 

यसअघि १५औं ओभरमा नेपालले मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेललाई २ रनमै गुमाएको थियो। अमेरिकी बलर इममोरा हेचिकन्सनले पौडेललाई करिमा गोरेको हातबाट क्याच गराए।

नेपालले ओपनर आशिफ शेख दोस्रो ओभरको पाँचौ बलमा ठुलो सट खेल्ने क्रममा क्याचआउट भएका थिए। ११ बलको समना गरेका शेखले ३ रन जोडे। 

अर्का ओपनर कुशल भुर्तेल ३६ रन बनाएर पवेलिएन फर्किए। ४३ बलको सामना गरेका कुशलले ५ चौका र १ छक्का प्रहार गरे। 

यस्तै विनोद भण्डारी २८ बलमा १० रन जोडी पवेलिएन फर्किए। यस्तै गुलसन झाले २८ रन पूरा जोडे। उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको थियो। विक्रम शोबलाई बेन्चमा राख्दै तिव्र गतिका बलर गुलशन झाले डेब्यु गरेका थिए।

गुलशनलाई तीव्र गतिका बलर सोमपाल कामीले डेब्यू क्याप दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .