भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि २० क्रिकेटबाट सन्यास लिने भएका छन्।
कप्तान कोहलीले सामाजिक सञ्जालमार्फत अर्को महिना हुने टि २० विश्वकपपछि कप्तानी छाड्ने बताएका हुन्।
टि २० बाट कप्तानी छाडेपनि विराटले टेस्ट र ओडिआईमा भने कप्तानी गर्नेछन्। कोहलीले प्रशिक्षक रवि शास्त्री, रोहित शर्मा र खेलाडीसँग छलफल गर्दै कप्तानी छोड्न लागेको बताएका हुन्।
कोहलीले टि २० विश्वकपपछि कप्तानी छाड्ने बारेमा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहलाई जानकारी गराईसकेको बताएका छन्।
कोहलीले सिमित ओभरमा २०१७ देखि भारतीय टोलीको कप्तानी गर्दै आएका थिए। टेष्टमा भने सन् २०१४ देखि कप्तानी गरिरहेका छन्।
सन् २०१६ मा महेन्द्रसिंह धोनीले कप्तानी छाडेपछि विराटले भारतीय टोलीको नेतृत्व गर्दै आएका थिए।
Shares
प्रतिक्रिया