ad ad

खेल


स्पाइकर रियाले गुमाउनेछिन् छैटौं संस्करणको एनभीए च्याम्पियनसिप

स्पाइकर रियाले गुमाउनेछिन् छैटौं संस्करणको एनभीए च्याम्पियनसिप

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार २१:२३, काठमाडौँ

होङ्गान्जी न्यु डायमन्ड स्पोट्र्स क्लबकी उदियमान स्पाइकर रिया कुँवरले छैटौं संस्करणको एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप गुमाउने भएकी छिन्। 

प्रशिक्षणका क्रममा बायाँ घुडामा चोट लागेपछि १५ वर्षिय रियाले असोज १० गतेदेखि सुरु हुने च्याम्पियनसिप गुमाउने पक्का भएको हो। प्रशिक्षणका क्रममा स्पाइकका लागि जम्प गर्ने प्रयास गर्दा घुँडामा सामान्य चोट बोकेको प्रशिक्षक कुमार राईले बताए।

केही समय रिह्याब गरेपछि पुनः प्रशिक्षणमा फर्किएकी उनले पुनः दुखाइ महसुस गरेपछि राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई गरिएको थियो। 

एमआरआई परीक्षणमा उनको घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र शल्यक्रिया नै गर्नुपर्ने भएको छ। उनको घुँडाको शल्यक्रिया सोमबार डाक्टर भद्र हमालको नेतृत्वको टोलीले गर्नेछ।

शल्यक्रियापछि उनी कम्तीमा पनि ९ महिना मैदान बाहिर रहने सम्भावना छ। रियाको उपचारका लागि नेपाल भलिबल संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई आवश्यक पत्र पठाइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .