स्थाभियालाई पराजित गर्ने क्रममा बार्साका लागि खेलको सुरुवाती तेस्रो मिनेटमै कप्तान लियोनल मेस्सीले पहिलो गोल गरे।
खेलको ५० औं मिनेटमा स्लाभियाका लागि बोरिलले बराबरी गोल फर्काए।
खेलको ५७ औं मिनेटमा स्लाभियाका खेलाडी ओलायिंकाबाट आत्मघाती गोल भएपछि खेल बार्साले २–१ ले जित्यो।
यस खेलमा गोल गरेका मेस्सीले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन्। मेस्सी लगातार १५ सिजन च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।
च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सा समूह एफमा छ। यस जितसँगै बार्सा ३ खेलबाट ७ अंक बटुल्न सफल भएको छ। बार्साले प्रि–क्वाटर फाइनलमा पुग्ने बलियो सम्भावना बनाएको छ।
यस समूहमा इन्टर मिलान र डर्टमुन्डको समान ४–४ अंक छ भने स्लाभियाको एक अंक छ। समूहका विजेता र उपविजेता नकआउट चरणमा पुग्नेछन्। एजेन्सी
Shares

प्रतिक्रिया