ad ad

खेल


एसी मिलानलाई पराजित गर्दै लिभरपुलको विजय सुरुवात

एसी मिलानलाई पराजित गर्दै लिभरपुलको विजय सुरुवात

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार ७:१४, काठमाडौँ

युइएफए च्याम्पियन्स लिगमा एसी मिलानलाई पराजित गर्दै लिभरपुलले विजयी सुरुवात गरेको छ। 

बुधबार राति समूह ‘बी’ को खेलमा लिभरपुलले २–१ ले पछि परेको स्थिति उल्टाउँदै जित निकालेको हो। निकै रोमाञ्चक खेलको नवौँ मिनेटमा नै आत्मघाति गोलबाट सुरुवाती अग्रता बनाएको लिभरपुल पहिलो हाफमा नै २–१ ले पछि परेको थियो। 

खेलको नवौं मिनेटमा एसी मिलानका फिकायो तमोरीको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। तर ४२ औँ मिनेटमा आन्टे रेविकले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसको दुई मिनेट बित्न नपाउँदै ब्राहिम डायजले गोल गर्दै पहिलो हाफमा नै २–१ को अग्रता बनाए। 

तर दोस्रो हाफमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। खेलको ४८ औँ मिनेटमा मोमम्द सलाहले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसो त खेलको १४ औँ मिनेटमा सलाह पेनाल्टीमा चुक्दा अग्रताको अवसर लिभरपुलले गुमाएको थियो। 

खेलको ६९ औँ मिनेटमा जोर्डन हेन्डर्सले गोल गर्दै ३–२ को अग्रता बनाउन सफल भए। जितसँगै लिभरपुलले अंक तालिकामा ३ अंक जोडेको छ। 

समूह ‘बी’ कै अर्को खेलमा एथलेटिको मड्रिड र एफसी पोर्तोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .