ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि लुम्बिनी फुटसल प्रालिले अल्फा बिटा थिटा र चाइना ट्रेडलिंक प्रालिलाई प्रायोजकको रुपमा पाएको छ।
अमेरिकाको टेक्सास सहरमा केन्द्रीय कार्यालय रहेको आईटी कम्पनी अल्फाबिटा थिटा लुम्बिनी फुटसलको मुख्य प्रायोजक र खेल पोशाक उत्पादक कम्पनी लिनिङ प्रायोजकको रुपमा जोडिएका छन्।
प्रालिले आज बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सम्झौता गरेको हो।
सम्झौतापत्रमा लुम्बिनी फुटसल प्रालिका प्रज्वल श्रेष्ठ र अल्फा बिटा थिटाका सीईओ मिजेस श्रेष्ठ तथा चाइना ट्रेडलिंक प्रालिका मार्केटिङ म्यानेजर कृतराज महर्जनले हस्ताक्षर गरे।
सम्झौताअनुसार अल्फाबिटा थिटाले लुम्बिनीलाई ४ लाख रुपैयाँ प्रदान गर्नेछ भने लुम्बिनीले लगाउने जर्सीमा प्रायोजकको लोगो राखिनेछ।
लिनिङले लुम्बिनीले लिगका लागि आवश्यक करिव दुई लाख बराबरको जर्सीसहित खेल सामग्री उपलब्ध गराउनेछ।
लिगका लागि यसअघि नै ज्ञानी पोलिट्यांक्स एन्ड पाइप कम्पनीले १ लाख ५० हजार रुपैयाँ प्रायेजन गरिसकेको छ।
असोज २ गतेबाट पोखराको बहुउद्देश्यीय कभर्ड हलमा हुने लिगका लागि लुम्बिनीले काडमाडौमा अन्तिम तयारी गरिसकेको प्रशिक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए।
प्रदेश ५ मा आयोजना भएको छनोटमा लुम्बिनी फुटसल च्याम्पियन बन्दै ए डिभिजन लिगका लागि छनोट भएको थियो।
Shares
प्रतिक्रिया