खेल


अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

नेपालखबर
भदौ २८, २०७८ सोमबार २१:५२, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन्। 

२३१ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर भुर्तेलले अर्धशतक प्रहार गरेका हुन्।

२४ वर्षीय भुर्तेलले ६७ बलमा २ चौैका र १ छक्का मद्दतमा अर्धशतक पुरा गरेका हुन्। 

एक दिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) क्रिकेटमा यो उनको करियरको पहिलो अर्धशतक समेत हो। 

अघिल्लो साता पपुवा न्युगिनी एक दिवसीय क्रिकेटमा डेब्यु गरेका भुर्तेलले तेस्रो खेलमा नै अर्धशतक प्रहार गरेका हुन्। 

उनको अर्धशतकसँगै नेपालले २३ ओभरमा २ विकेट गुमाएर १०० रन पूरा गरेको छ। 

पहिलो विकेटका लागि कुशलले आरिफसँग ६६ रनको साझेदारी गरेका थिए। जुन ओडिआई खेलमा पहिलो विकेटका ओपनरले गरेको यो अहिलेसम्म कै उच्च साझेदारी हो।

यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो। जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए।

भुर्तेल नेपालबाट एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने भने पहिलो खेलाडी समेत हुन्।

गत बैशाखमा काठमाडौंमा भएको टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्ससँग डेब्यू गर्दै ६२ रन बनाएका थिए। दोस्रो खेलमा मलेसियासँग ६१ रनमा नटआउट रहँदा नेदरल्यान्ड्ससँगको अर्को खेलमा ६२ रन जोडेका थिए। फाइनलमा ७७ रन बनाएका थिए।

कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने टि-२० आईका पहिलो खेलाडी हुन्। टि-२० आईमा नेपालबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने कुशल दोस्रो खेलाडी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad