खेल


ला लिगाको चौथो राउन्ड शनिबारदेखि

ला लिगाको चौथो राउन्ड शनिबारदेखि

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार २१:३२, काठमाडौँ

फिफा विश्वकप छनोट खेलका कारण एक साता विश्राम लिएको स्पेनिस ला लिगाको चौथो राउन्डका खेलहरु शनिबारदेखि सुरु हुँदैछ।

नेपाली समय अनुसार शनिबार राति १२ः४५ बजे हुने खेलमा मालोर्का र एथलेटिक बिल्बाओ भिड्नेछन्। यसअघि राति १०ः१५ बजे सुरु हुने पहिलो खेलमा लिभान्ते र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल लिभान्तेको घरेलु मैदान हुनेछ।

बिल्बाओको घरेलु मैदानमा हुने खेलमा मालोर्का आफ्नो अपराजित यात्रालाई कायम राख्ने योजनामा छ। पहिलो राउन्डमा रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिएको मालोर्काले दोस्रो र तेस्रो राउन्डमा जित निकालेको थियो। मालोर्काले दोस्रो राउन्डमा डिर्पोटिभो अलाभेसलाई र तेस्रोमा स्पान्योललाई समान १–० गोलले हराएको थियो।

जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको मालोर्काले तीन खेलबाट सात अंक बनाएको छ। मालर्कोकासँगै शीर्षस्थानमा रहेको रियल म्याड्रिड, दोस्रो स्थानमा रहेको सेभिया, तेस्रो स्थानमा रहेको भ्यालेन्सिया, चौथो स्थानमा रहेको बार्सिलोना र पाँचौं स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडको समान सात नै अंक छ । सुरुवाती प्रदर्शन र नतिजालाई आधार मान्ने हो भने यसपालीको उपाधि भिडन्त यीनै टोलीबीच हुने पक्का छ।

यता दुई बराबरी र एक नतिजा निकालेको बिल्बाओ घरेलु मैदानमा मालोर्कालाई कडा टक्कर दिने दाउमा छ। बिल्बाओ पहिलो राउन्डमा इल्चेसँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो राउन्डमा पनि बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको बिल्बाआले तेस्रो राउन्डमा सेल्टा भिगोलाई १–० गोलले हराएको थियो। तीन खेलबाट पाँच अंक बनाएको बिल्बाओ अहिले नवौं स्थानमा छ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइनेछ। त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकोमा ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ।

त्यसका लागि ग्राहकले ला लिगा सिजनका लागि थप २ हजार रुपैयाँ तिर्नु पर्ने छ। हाल डिशहोमको ग्राहकलाई उपलब्ध रहेको ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिशहोमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।

यसअघि डिशहोमले फिफा वल्र्डकप २०१८, युरो कप २०२० र कोपा अमेरिका २०२१ पनि प्रतक्ष प्रशारण गरेको थियो। डिशहोमले नेपालमा हुने विभिन्न खेलकुद प्रतियोगिताहरु पनि सफलता पूर्वक प्रशारण गरिरहेको छ।

डिशहोमको ग्राहकहरुले ला लिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताहरुले टोल फ्रि नम्वर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताहरुले ९८०११५५००० वा ०१ ४२१७६६६ मा सम्पर्क गर्नुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad