सिद्धार्थ बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिअंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २५ लाख थान १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको छ।
बैंकले सर्वसाधारणसमक्ष एनएमबि क्यापिटल लिमिटेडमार्फत २५ लाख थान १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३ खुल्ला बिक्री आह्वान गरेको थियो।
यसरी सर्वसाधारणमा वितरण गरिएको २५ लाख कित्ता ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ।
ऋणपत्र सूचीकरण सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले हस्ताक्षर गरेका थिए। त्यस्तै नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए।
सिद्धार्थ बैंकले हाल देशभर १ सय ६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ८६ एटीएम र १ हजार ५ सयभन्दा बढी पीओएस (पस) मेसिनमार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया