खेल


द हन्ड्रेडमा सन्दीप एक करोड ४६ लाखमा बिक्री

द हन्ड्रेडमा सन्दीप एक करोड ४६ लाखमा बिक्री

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ५:६,

 इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको टोली ओभल इन्भन्सिबलले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई एक करोड ४३ लाखमा आफ्नो टोलीसँग अनुबन्धित गरेको छ।

आइतबार राति भएको ड्राफ्टमा नेपाली लेगस्पिनर सन्दीपलाई ओभल इन्भिन्सिबलले उक्त मुल्यमा भित्र्याएको हो। पहिलोपटक हुन लागेको सय बलको क्रिकेट २०२० को समरमा हुँदैछ। प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ।

अनुबन्धपछि सन्दीपले ओभलको टिममा पर्दा गौराम्वित भएको भन्दै नेपाल र नेपालीका लागि अर्को सपना पूरा भएको प्रतिक्रिया दिएका छन्।

प्रत्येक टोलीले १५ खेलाडीहरु अनुबन्ध गर्ने भएपनि ३ जना विदेशी खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएको छ। सन्दीपको टोलीमा विदेशी खेलाडीका रुपमा उनीसँगै सुनिल नाराइन र फाबियान एलेन रहेका छन्। टोलीमा मार्की खेलाडी साम करन रहेका छन्।

आइतबार भएको ड्राफ्टमा अफगानिस्तानका रासिद खान सबैभन्दा पहिलो विक्रि हुने खेलाडी थिए। उनलाई ट्रेन्ट रोकेट्स टोलीले १ लाख २५ हजार पाउण्डमा अनुबन्ध गरेको थियो। रोकेट्समा रासिदले इंग्ल्याण्डका कप्तान जोए रुटसँग खेल्नेछन।

यो पनि: क्यान बैठकः चार समिति गठन, पारसको राजीनामा बारे ध्यानाकर्षणमात्रै 

 

विश्व क्रिकेटका ठूला नामहरु वेष्ट इण्डिजका ओपनर क्रिस गेल, दक्षिण अफ्रिकाका बलर कासिगो राबाडा तथा श्रीलंकाका लासिथ मलिगालाई भने कसैले लिएनन।

आइतबार भएको ड्राफ्टबाट ९६ जना खेलाडीहरु छानिएका थिए। ४७४ खेलाडीहरु भने विक्रि भएनन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .