खेल


लाइन जज गर्न टोक्यो जाँदै ब्याडमिन्टन अम्पायर उदय अर्याल

लाइन जज गर्न टोक्यो जाँदै ब्याडमिन्टन अम्पायर उदय अर्याल

ब्याडमिन्टन अम्पायर उदय अर्याल


नेपालखबर
भदौ २, २०७८ बुधबार १२:१६, काठमाडौँ

ब्याडमिन्टन अम्पायर उदय अर्याल टोक्यो पारालिम्पिक २०२० अन्तर्गत ब्याडमिन्टनमा नेपालको तर्फबाट सहभागि हुँदै छन्। यही अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म हुने पारालिम्पिकमा ब्याडमिन्टनको लाइन जजका रूपमा अर्याल टोक्यो जान लागेका हुन्। 

यही भदौ १२ गते अर्याल टोक्यो प्रस्थान गर्नेछन्। 

पारालिम्पिकमा ब्याटमिन्टन र तेक्वान्दो खेल पहिलोपटक समावेश गरिएको छ। अर्यालले २०४४ सालमा पाल्पाको तानसेनबाट राष्ट्रिय ब्याडमिन्टन अम्पायरिङ सुरु गरेका थिए। 

जापानको क्योटो सहरमा २०५७ सालमा आयोजना भएको जुनियर एसियन ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालबाट अम्पायरका रूपमा सहभागी भई एसियाली ब्याडमिन्टन महासंघको अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर कोर्समा सफलता पाएका थिए। 

अर्याल नेपालको तेस्रो अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर हुन्। २०७६ मा ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले उनलाई सर्टिफाइड अन्तर्राष्ट्रिय लाइन जजका रूपमा मान्यता दिएको थियो। 

अर्यालले हालसम्म ब्याडमिन्टन टेक्निकल अफिसियलका रूपमा बर्मा, जापान, चीन, मकाउ, थाइल्यान्ड, सिंगापुर, मलेसिया, भारत, बङ्लादेश, हङकङ र पोल्यान्डलगायत देश भ्रमण गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad