ad ad

खेल


टोक्यो ओलम्पिकमा सहभागी हुने थप १ खेलाडीमा कोरोना संक्रमण

टोक्यो ओलम्पिकमा सहभागी हुने थप १ खेलाडीमा कोरोना संक्रमण

नेपालखबर
साउन ५, २०७८ मंगलबार १२:२१,

टोक्यो ओलम्पिकमा सहभागी हुने थप १ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसँगै ओलम्पिकमा सहभागी हुने खेलाडी ५ खेलाडीलाई कोभिड–१९ पुष्टि भएको छ। 

ओलम्पिकमा आज मात्रै ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

संक्रमित हुने खेलाडीको नाम गोप्य राखिए पनि अमेरिकी जिम्न्यास्ट खेलाडी भएको बुझिएको छ। 

उनलाई कुनै लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्दा कोभिड पुष्टि भएको हो। संक्रमण पुष्टि भएसँगै उनीहरु सबै आइसोलेट भइसकेको टोक्यो ओलम्पिकले जनाएको छ। 

आज एकै दिन एक खेलाडीसहित ७ जना कन्ट्रयाक्टर र एक जना भोलिन्टियरलाई कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै टोकियो ओलम्पिकमा सहभागी हुने ६७ जनालाई कोरोना संक्रमण भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .