ad ad

खेल


टोकियो ओलम्पिकमा कोरोनाको सन्त्रासः थप ३ खेलाडीमा संक्रमण पुष्टि

टोकियो ओलम्पिकमा कोरोनाको सन्त्रासः थप ३ खेलाडीमा संक्रमण पुष्टि

नेपालखबर
साउन ३, २०७८ आइतबार १४:८,

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले जनाएको छ। 

ओलम्पिक भिलेजभित्र रहेका ३ जना र बाहिरका ७ जना गरी आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

आज एकै दिन ३ खेलाडी, ओलम्पिक गेममा सम्बन्धित ५ जना अधिकारी, एक जना मिडिया र एक जना टोकियो ओलम्पिक कन्ट्रयाक्टर गरि १० जनामा कोरोना सक्रमण पुष्टि भएको हो। 

अहिलेसम्म टोकियो पुगेका ४ जना खेलाडीसहित ५५ जना संक्रमित भइसकेका छन्। 

ओलम्पिक सुरु हुनु ५ दिन बाँकी छँदा खेलाडी र अफिसीयललाई कोरोना सक्रमण देखिएपछि झन् बढी सन्त्रास फैलिएको छ। 

कोरोना पोजेटिभ देखिएको खेलाडीको नाम भने गोप्य राखिएको छ। 

ओलम्पिक भिलेजमा रहेका खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि ती खेलाडी र उनको टोली नै आइसोलेट भएका छन्। 

कोरोना भाइरसको महामारीकै बीचमा सुरु हुन लागेको ओलम्पिकमा एक पछि अर्को खेलाडीमा सक्रमण देखिएपछि थप चुनौती देखिएको छ।  

यसअघि हिजो शनिबार टोकियोमा ल्याण्ड भएपछि चेक रिपब्लिकका एक जना अफिसियललाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

टोकियो पुगेपछि एन्टिजेन टेष्ट गराउँदा कोरोना पुष्टि देखिएको हो।स्टाफमा कोरोना सक्रमण देखिएपछि उनको आसपासमा रहेका अन्य आइसोलेसनमा बसेको छन्। 

अन्य खेलाडी तथा स्टाफमा कोरोना परीक्षण गर्दा नतिजा भने गोप्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .