ad ad

खेल


टोक्यो ओलम्पिकः ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला

टोक्यो ओलम्पिकः ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला

(फाइल तस्बिर)


नेपालखबर
साउन २, २०७८ शनिबार १८:४४,

जापानको राजधानी टोकियोमा यसवर्ष ओलम्पिक २०२० प्रतियोगिता हुँदैछ।

यो प्रतियोगिता गतवर्ष हुने तय भएता पनि कोरोना महामारीका कारण यसवर्ष सरेको हो। प्रतियोगिता अर्कोहप्ताको शुक्रबारदेखि सुरुवात हुँदैछ।

ओलम्पिक प्रतियोगिता सुरु हुनै लाग्दा भने ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको छ।

शनिबार टोक्यो ओलम्पिक आयोजकले यो विषयको जानकारी दिएको बीबीसीले जनाएको छ।

खबरका अनुसार कसलाई कोरोना लागेको छ भनेर खुलाइएको छैन। यद्यपी ती व्यक्ति खेलाडी नभएता पनि यसै प्रतियोगिताको लागि आएको व्यक्ति भएको बताइएको छ।

टोक्यो ओलम्पिक कमिटीका अधिकारीहरुले ओलम्पिक भिलेजमा कोरोना संक्रमित भेटिनु दुःखको कुरा भएको बताएका छन्। यद्यपी उनले विश्वभरका खेलाडीलाई चिन्तित नहुन आग्रह गरेका छन्।

आफूहरुले सबै खेलाडी र अफिसियललाई कोरोनाबाट सुरक्षित राख्ने प्रतिबन्ध मिलाएको उनीहरुको भनाइ छ।

टोक्यो ओलम्पिक भिलेज विदेशी खेलाडी र प्रशिक्षक तथा अफिसियस्लहरुलाई राख्ने क्षेत्र हो। यसवर्ष ओलम्पिक भिलेजमा ११ हजार खेलाडीसहित प्रशिक्षक र अफसियल्सहरु बस्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .