ad ad

समाज


सुन पसल लुट्न आएकासँग सेनाले प्रयोग गर्ने मेसिन गन !

सुन पसल लुट्न आएकासँग सेनाले प्रयोग गर्ने मेसिन गन !

नेपालखबर
साउन २, २०७८ शनिबार १८:३६,

मोरङस्थित एउटा सुन पसल लुट्न आउने समूहले नेपाली सेनाले प्रयोग गर्ने सब मेसिनगन (एसएमजी) प्रयोग गरेको खुलेको छ। मोरङको सुन्दर हरैँचा नगरपालिकास्थित सुन पस लुट्न आएको उक्त समूहले सेनाले प्रयोग गर्ने एसएमजी हतियार प्रयोग गरेको भेटिएको हो। 

सुन्दरहरैँचा नगरपालिका-१० स्थित त्रिवेणी चौकमा रहेको शिव पाञ्चायन ज्वेलरी लुट्न खोजेको तीन जनाको समूहसँग उक्त मेसिन गन रहेको पुष्टि सिसिटिभी फुटेजले गरेको हो। उनीहरु सुन पसल लुट्न नसकेपछि उक्त मेसिन गन देखाउँदै भागेका थिए। उनीहरुले हतियार देखाउँदा भागेको दृश्य त्यही सुन पसलको सिसिटिभीमा कैद भएको भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सञ्चालक खगेन्द्र थापाकी पत्नी चोर आयो भनेर कराउन थालेपछि मानिसहरु जम्मा भएका थिए। त्यसपछि उनीहरु नम्बर प्लेट छोपिएको मोटरसाइकलमा फरार भएका थिए।

सुन पसल लुट्न आउँदा तीनजनाको समूहले पहिले पेस्तोल देखाएका थिए। त्यसपछि अझै तर्साउन उनीहरुले पसलेलाई एसएमजी देखाएका थिए। मानिसहरुले घेर्ने अवस्था आएपछि लुटेरा समूह बन्दुक देखाउँदै भागेका खुलेको छ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लुटेरा समूहका सदस्यमध्ये एकजना सुन पसलको  गेटमा बसेका थिए भने अरु दुईजना पसलमै पसेर हतियार देखाएका थिए। तर पसले चिच्याएर मानिसहरु भेला हुन थालेपछि लुटपाटको योजना असफल  भएको जिसीले  बताए।

उक्त घटनाबारे उजुरी परेपछि प्रहरीले सुन पसलको सिसिटिभी फुटेज हेरेको थियो। उक्त भिडियोमा ती लुटेरा समूहले  एसएमजी प्रयोग गरेको देखिए पनि नक्कली या सक्कली भन्ने पहिचान भइनसकेको जिसीले बताएका छन्। 

सेना र सशस्त्र प्रहरीले मात्रै प्रयोग गरिरहेको एसएमजी हतियार लुटेरा समूहसम्म पुगेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यसबारेमा इलाका प्रहरी कार्यालय बेलबारीले पनि अनुसन्धान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .