क्रिस्टियानो रोनाल्डो विश्वका एक उत्कृष्ट फुटबलर हुन्। विश्वकपको उपाधि बाहेक उनले फुटबलमा पाउनुपर्ने सबै किसिमका उपाधि र उपलब्धि हासिल गरिसकेका छन्।
फुटबलमा गोल मेसिन उनको फिट शरीरको पनि सँधै चर्चा हुने गरेको छ।
अधिकाँश फुटबलरले शरीरमा ट्याटु खोपेका छन्। तर रोनाल्डोको जिउमा ट्याटु छैन।
उनी अधिकाँश खेलाडीभन्दा फिट र स्वस्थ्य हुनुमा अन्य कारण पनि छन्।
उनी खानपानमा निकै सजग छन्। उनी कोकाकोला, फेन्टाजस्ता ग्यासयुक्त जुस पिउँदैनन्। उनी झन् मदिरा र चुरोटबाट सानैबाट टाढा छन्।
सिजन सकिना साथ अधिकाँश खेलाडीहरु पार्टी जान्छन्, मदिरा पिउँछन्। तर रोनाल्डो भने मदिरा र धुम्रपानबाट सँधै टाढा रहन्छन्।
रोनाल्डो किन चुरोट र मदिराबाट सँधै टाढा रहन्छन्? भन्ने प्रश्न सबैको मनमा उब्जेको हुनसक्छ।
वास्तवमा पारिवारिक शोकका कारण उनले मदिरा र चुरोट कहिल्यै नछोएका हुन्। धेरै मदिरा पिउने र चुरोट सेवन गर्ने बानीका कारण रोनाल्डोका पिताको सन् २००५ मा मृत्यु भएको थियो।
त्यसबेला रोनाल्डो उदयीमान खेलाडी थिए। ५२ वर्षमा पिता होसे डिनिस अभिरोको मृत्यु भएको केही वर्षमै उनी विश्वका चर्चित खेलाडीमध्ये एकमा गन्ती हुन थालेका थिए।
रोनाल्डोकी आमा डोलोरेस अभिरोका अनुसार रोनाल्डोलाई मदिरा र चुरोटले कस्तो हानी गर्छ भन्ने थाहा छ। मदिरा र चुरोटले मान्छेको जीवन नै नाश हुन्छ भन्ने थाहा भएकाले रोनाल्डो मदिरा र चुरोटबाट सँधै टाढा बस्ने गरेको उनको भनाइ छ।
उनी भन्छिन्,‘मेरो छोराले धुम्रमान र मदिरा सेवन गर्दैन। उसको लत फुटबल हो।’ द सन
Shares

प्रतिक्रिया