समाज


निर्वाचन कार्यालयको गाडी डडेल्धुरामा दुर्घटना, पाँच जना घाइते

निर्वाचन कार्यालयको गाडी डडेल्धुरामा दुर्घटना, पाँच जना घाइते

तस्बिर स्रोत : वरुण पनेरु


नेपालखबर
माघ १७, २०८२ शनिबार २२:३०, काठमाडौँ

डडेल्धुरामा शनिबार राति सरकारी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

जिल्ला निर्वाचन कार्यालय, डोटीको गाडी डडेल्धुराको अमरगढी नगरपालिका ११, रडुवा खोलास्थित नजिक दुर्घटना भएको हो। डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भएर सडक छेउमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। 

दुर्घटनामा डडेल्धुराको अजयमेरु गाउँपालिका–६ घर भइ डोटीका निर्वाचन अधिकृत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं. गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँको भानु नगरपालिका घर भइ नेपाली सेनाको भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय तेजबहादुर अधिकारी घाइते भएका छन्। अधिकारी गाडी चालक हुन्।

पाँचै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad