बैतडीमा घाँस काट्न जंगल गएकी ७२ वर्षीया एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ।
मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्टको घर नजिकै जंगलको भिरबाट लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार भट्ट मंगलबार स्याउला काट्न जङ्गल गएकी थिइन्।
उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
99
Shares

प्रतिक्रिया