समाज


उकालोमा रोकेर सामान लोड गर्न खोज्दा बस सडकबाट खस्यो, ३० जना घाइते

दुर्घटनापछि चालक भागे
उकालोमा रोकेर सामान लोड गर्न खोज्दा बस सडकबाट खस्यो, ३० जना घाइते

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ५:३६, बाजुरा

बाजुरामा बस दुर्घटना हुँदा ३० जनाभन्दा धेरै घाइते भएका छन्। मार्तडी कोल्टी सडक खण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा शनिबार दिउँसो सु.प.प्र ०१–००१ ख ३१८१ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

स्थानीय सेरकाटियाको उकालोमा रोकेर सामान लोड गर्ने क्रममा बस सडकबाट खसेको यात्रुहरुले बताएका छन्। बस दुर्घटना भएपछि चालक भने फरार रहेका छन्। 

घाइतेमध्ये २४ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। गम्भीर घाइते चारजनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिए। 

दुर्घटनामा घाइते हुनेमा बसका सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँ बस्ने गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार, १३ वर्षीय सन्ध्या सुनार, १२ वर्षीया सीमा सुनार, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट बस्ने ४५ वर्षीय मनी कामी, बूढीनन्दा नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीय लक्ष्मी मल्ल रहेका छन्। 
त्यसैगरी बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी छोरी दुई वर्षीया जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह र जेसिका सिंह घाइते भएका छन्। 

बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४० वर्षीया राममाया सुनार, सोही वडाकी ४५ वर्षीया इसरादेवी सुनार, हिमाली गाउँपालिका–५ रुगिन बस्ने १७ वर्षीय प्रकाश चदारा, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–५ बस्ने १८ वर्षीय पविन्द्र सिंह, बूढीनन्दा नगरपालिका–६ कोटिला बस्ने उमेश भाट पनि घाइते भएका प्रहरीले जनाएको छ। 

त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका–५ बस्ने १४ वर्षीय गगन महतरा, सोही गाउँका १८ वर्षीय रोशन महतरा, हिमाली गाउँपालिका–६ पाँडी बस्ने २६ वर्षीय गणेश भण्डारी, सोही गाउँपालिका–४ फैती बस्ने १७ वर्षीय फपिन्द्र सुनार, सोही वडामा बस्ने ५८ वर्षीय तुल सुनार र बूढीनन्दा नगरपालिका–६ बस्ने २० वर्षीय दीपेन्द्र भण्डारी पनि घाइते छन्। 

फरार चालकको खोजी र दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad