कारोबार


सार्वजनिक खरिद अनुगमन कार्यालयले भन्यो- समयमै बोलपत्र प्रक्रियामा सहभागी हुनु

सार्वजनिक खरिद अनुगमन कार्यालयले भन्यो- समयमै बोलपत्र प्रक्रियामा सहभागी हुनु

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ६:५१, काठमाडौँ

सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिने चापका कारण उत्पन्न हुने समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। 

बोलपत्रदाताले अन्तिम समयमा मात्र बिड समिसन गर्ने प्रचलन रहेकाले एकै पटक प्रणालीमा अत्यधिक चाप पर्ने गरेको कार्यालयले स्पष्ट पारेको छ। 

प्रणालीमा देखिने समस्याले बोलपत्र प्रक्रियामा जटिलता उत्पन्न हुने र छुट्ने जोखिम अत्यधिक रहने गरेकाले त्यससँग सम्बन्धित गुनासा आउने गरेको कार्यालयले उल्लेख गरेको  छ । विद्युतीय खरिद प्रणालीको सर्भरमा समस्या आएर कुनै पनि प्रयोगकर्ताको पहुँच हुन नसकेमा मात्र कार्यालयले म्याद थप गर्ने गरेको छ। 

अन्तिम समयमा चापका कारण प्रणालीमा ढिलाइ भएकै आधारमा मात्र म्याद थप गर्न नमिल्ने कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। समयमै बोलपत्र प्रक्रियामा सहभागी हुन र अन्तिम समयको जोखिम नलिन आग्रह गरेको छ। 

अन्तिम समयमा माग हुने प्रविधि सहायता प्रदान गर्न समस्या पहिचानमा नै समय अभाव हुने स्पष्ट पार्दै कार्यालयले प्राविधिक सहायताका लागि पनि समयमा नै सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। 

कुनै प्राविधिक समस्या देखा परे समयमा नै फोन मार्फत आवश्यक सहजीकरण गर्न कार्यालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad