अछाममा खोलाले बगाउँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ।
उपचार गरेर घर फर्कने क्रममा खोलाले बगाउँदा मेल्लेख गाउँपालिका-४ कुस्कोट निवासी खडक साउँदकी ७ वर्षीया छोरी कृति साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।।
साँफेबगर नगरपालिका–१३ बाब्लाबाट बुधबार घर फर्किने क्रममा उनी साँघुरोबाट इकडी खोलामा खसेकी थिइन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा तीन किलोमिटर तल बालिकालाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।
42
Shares

प्रतिक्रिया