समाज


विषालु सर्पको टोकाइबाट ४३ जनाको मृत्यु

विषालु सर्पको टोकाइबाट ४३ जनाको मृत्यु

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ११:२३, काठमाडौँ

विगत दुई वर्षको अवधिमा विषालु सर्पको टोकाइबाट सुदूरपश्चिम प्रदेशमा ४३ जनाको मृत्यु भएको छ। 

प्रदेश प्रहरी कार्यालयका अनुसार गोमन र करेत जस्ता विषालु सर्पले टोकेका तर उपचारका लागि अस्पताल पुर्‍याउन ढिलाइ गर्दा धेरैले ज्यान गुमाएका छन्। 

तुरुन्तै अस्पताल नगइ धामीझाँक्रीको भर पर्दा पनि कतिपयको मृत्यु भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा २३, आव २०८१/८२ मा १७ र चालु
आवको हालसम्म तीन जनाले सर्पको टोकाइबाट ज्यान गुमाएका प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। 

सर्पको टोकाइबाट कैलालीमा २४, कञ्चनपुरमा १०, बैतडी र डडेलधुरामा तीन/तीन जनको मृत्यु भएको छ। 

त्यसैगरि डोटी, दार्चुला र अछाममा एक-एक जनाले विषालु सर्पको टोकाइबाट ज्यान गुमाएका छन्।  विशेषगरि वैशाखदेखि असोजसम्म नेपालमा सर्पदंशका घटना बढी हुने गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad