प्रहरीले चितुवाको छालासहित दार्चुलाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
शैल्यशिखर नगरपालिका- ३ कर्कलेस्थित मार्मा-गोकुलेश्वर सडक खण्डबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका- ७ घर भएका ५० वर्षीय भानसिंह ऐर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उनको साथमा रहेको कालो झोला खानतलासी गर्दा चितुवाको छाला फेला परेपछि प्रहरीले पक्राउ गरेको हो।
उनको झोलामा ६ फिट तीन इन्च लम्बाइ भएको चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ।
थप अनुसन्धान तथा कारबाहीको लागि ऐरलाई डिभिजन वन कार्यालय दार्चुला पठाइएको पनि प्रहरीले जनाएको छ।
201
Shares

प्रतिक्रिया