छाउगोठमा सर्पदंशको कारण मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंका परिवारलाई नेपाली कांग्रेस प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) कञ्चनपुरले आर्थिक सहयोग प्रदान गरेको छ।
स्वस्फूर्त रूपमा सङ्कलन गरेको रकम मृतकका श्रीमान् पुरन दमाईं, छोरा आयुष, आशिष र आदित्यलाई संयुक्त रूपमा प्रदान गरिएको सभापति खड्काले बताए।
उनले रुढीवादी परम्पराका कारण घरपरिवारका सदस्यको ज्यान जोखिममा पर्ने कूरीतिलाई बढावा दिने काम सभ्य समाजका लागि सैह्य नभएको बताए।
246
Shares

प्रतिक्रिया