राजनीति


एमालेको सचिवालय बैठक आज, विधान महाधिवेशनबारे छलफल हुने

एमालेमा ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालबारे विवाद चर्किँदै
एमालेको सचिवालय बैठक आज, विधान महाधिवेशनबारे छलफल हुने

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८२ बिहिबार ७:२७, काठमाडौँ

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक बस्ने एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफल र निर्णय हुनेछन्। विधान संशोधनको प्रस्तावका खाकाहरू उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।

पौडेललाई यस अघि नै विधान संसोधन समितीको संयोजक तोकिएको थियो। आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवल शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनका  विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए।
 

आजको बैठकले भोली (साउन २ गते) बस्ने पार्टी पोलिटब्युरोको र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूची पनि तय गर्ने छ।

यसैगरी सरकारको एक वर्षे कार्यकालको समीक्षा पनि आजको बैठकको कार्यसूची रहेको गौतमले बताए। 

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।  एमालेमा ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad