समाज


सिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

सिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १०:११, डाेटी

डोटीमा सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ। बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका उनको गोली लागेर मृत्यु भएको हो। 

बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह  खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको पन्तले बताए।

घटनापछि प्रहरीले खड्कासँगै रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरेको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पन्तले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad