समाज


हत्या भएको अवस्थामा मन्दिरमै भेटियो शव

हत्या भएको अवस्थामा मन्दिरमै भेटियो शव

फाइल तस्बिर


नेपालखबर
चैत २८, २०८१ बिहिबार १२:१६, कैलाली

कैलालीको एक मन्दिरमा हत्या भएको अवस्थामा पुरुषको शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारीअनुसार  अत्तरिया बजारमास्थित दुर्गा मन्दिर परिसरमा हत्या भएको अवस्थामा पहिचान नभएका एक पुरुषको शव फेला परेको हो। 

ढुंगाले प्रहार गरेर टाउको र आँखा फुटाएको अवस्थामा शव फेला परेपछि घटनाको अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकार दिए। 

मन्दिरका पुजारी टीकादत्त पनेरुले भने मन्दिरको ढोका बन्द गरेर राति घर भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad