बर्दियामा वयस्क बाघ मृत फेला परेको छ। गुलरिया नगरपालिका–१२, भवानी सामुदायिक वनमा भाले बाघ मृत फेला परेको हो।
भवानी सामुदायिक वनका उपभोक्ता र डिभिजन वन कार्यालयका कर्मचारीले वनमा गस्ती गर्ने क्रममा बाघ मृत फेला पारेका हुन्।
बाघ एकसाता अघि नै मरेको अनुमान गरिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले जानकारी दिए।
लामो सयमसम्म खान नपाएर बाघ मरेको हुनसक्ने अनुमान गरिएको छ।
मृत बाघ करिब तीन वर्ष उमेरको भएको राष्ट्रिय प्रकृति संरक्षण को षका प्रमुख अजित तुम्बाहाम्फेले बताए।
726
Shares

प्रतिक्रिया