समाज


अनकन्टार जंगलमा महिलाको शव फेला

सनाखतको प्रयास हुँदै
अनकन्टार जंगलमा महिलाको शव फेला

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८१ बुधबार ९:१२, कञ्चनपुर

डोटीकोजंगलमा एक महिलाको कंकाल भेटिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईका अनुसार सडेको अवस्थामा महिलाको शव भेटिएको हो।

शवको सनाखत गर्न बाँकी छ। सडेर कंकाल मात्र बाँकी रहेको शव एक महिनाभन्दा पुरानो हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार केआईसिंह गाउँपालिका-६ र ७ को सीमामा पर्ने जंगलमा महिलाको शव भेटिएको हो।

कंकाल भेटिएको स्थान घना अनकन्टार जंगलमा पर्छ। प्रहरीलाई सोमबार राति खबर आएको थियो। घाँस दाउराका लागि जंगल जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रहरीलाई शव भेटिएको स्थान पुग्नै ७ घण्टा लागेको थियो। भेटिएको कंकाल मंगलबार बेलुका जिल्ला अस्पताल पु¥याइएको छ। प्रहरीका अनुसार शवमा नयाँ स्वीटर र ब्लाउज भेटिएकोले सनाखतका ती कपडा सुरक्षित राखिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad