समाज


कैलालीमा लागु औषधसहित ९ जना पक्राउ

कैलालीमा लागु औषधसहित ९ जना पक्राउ

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १०:२८, कञ्चनपुर

कैलालीको विभिन्न ठाउँबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन्। 

धनगढी उपमहानगरपालिका–४ बसपार्क गोल मार्केटबाट लागु औषधसहित ४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
 
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई होटल सेराको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का २२ वर्षीय किरण बम, ३५ वर्षीय अशोक चन्द, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २९ वर्षीय सुरेन्द्र बिष्ट र डडेल्धुराको आलिताल गाउँपालिका–८ का २४ वर्षीय तेज बोहरा छन्। 

उनीहरुको साथबाट ८० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। 
धनगढी उपमहानगरपालिका–१ साथी होटल पछाडीको गल्लीबाट भारतको लखिमपुर पलियाका २५ वर्षीय प्रदिप मौरे पक्राउ परे। उनको साथबाट १० ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको थियो। 

मौरेसँगै रहेका धनगढी उपमहानगरपालिका–२ का २४ वर्षीय उमेश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

भारतबाट लागुऔषधसहित भित्रिरहेका तीन युवक कैलालीको टीकापुर क्षेत्रबाट पक्राउ परे। इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेको सु.प.प्र.०१–००९ प ३४१६ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिलाई जाँच गर्दा लागुऔषध फेला परेको थियो। 

टीकापुर नगरपालिका–९ खग्रौला चेक पोस्ट नजिक सडक खण्डमा जाँच गर्दा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय उपेन्द्र साउदबाट १९ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो। 

खग्रौला चेक पोस्ट नजिकबाट जाँच गर्दा सोमबार नै लम्कीचुहा नगरपालिका–२ मोतिपुरका २० वर्षीय रोशन शाहीलाई २१० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा टीकापुर नगरपालिका–७ बैदीका १९ वर्षीय पंकज ओड लागुऔषध सहित पक्राउ परे। 

टीकापुर नगरपालिका–९ खग्रौलाबाट समातिएका उनको साथमा १ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन भेटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad