समाज


सल्यान दुर्घटना: ट्रक चालकसहित ४ जनाको मृत्यु, घाइते सातको उपचार हुँदै

सल्यान दुर्घटना: ट्रक चालकसहित ४ जनाको मृत्यु, घाइते सातको उपचार हुँदै

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार ८:४, सुर्खेत

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन्।

कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटनामा परेको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक २६ वर्षीय मानबहादुर भण्डारीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। भण्डारीको दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा परेर स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ वर्षीया सिर्जना बस्नेतको सोमबार साँझै मृत्यु भएको थियो। 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा र चालकको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा घाइते भएका छन्।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad