समाज


दसैँ मान्न घर जाँदै गरेकी महिलाको भिरबाट लडेर मृत्यु

दसैँ मान्न घर जाँदै गरेकी महिलाको भिरबाट लडेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८१ शनिबार ११:५०, डोटी

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जोरायल गाउँपालिका ४ की ३७ वर्षीया भावना पुन मगरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दसैँ मान्न कैलालीको चौमालाबाट जोरायल गाउँपालिका-४ थलीमा जाने क्रममा उनको भिरबाट लडेर मृत्यु भएको हो। 

चौमालामा व्यापार गर्दै आएकी भावना श्रीमान् प्रेमबहादुर पुन मगर र छोराछोरीको साथमा दसैँ मनाउन घर हिँडेकी थिइन्। 

बाटोमा पैदल हिँड्नेक्रममा जोरायल गाउँपालिका-४ को गणेशाल भन्ने ठाउँ नजिकै उनी भिरबाट खसेकी थिइन्। भिरबाट ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad