समाज


जुवाको खालबाट ४८ जना पक्राउ, २ लाख ८४ हजार पनि बरामद

जुवाको खालबाट ४८ जना पक्राउ, २ लाख ८४ हजार पनि बरामद

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८१ बिहिबार ८:३५, कञ्चनपुर

कैलाली र कञ्चनपुरमा जुवा-तास खेलिरहेको अवस्थामा एकै रातमा ४८ जना पक्राउ परेका छन्। उनीहरुको साथबाट २ लाख ८४ हजार ९ सय ९६ रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

कैलालीको दुई ठाउँबाट ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

गोदावरी नगरपालिकापा.२ तेघरी सामुदायिक वनको जंगलमा तास खेलिरहेको अवस्थामा २२ हजार ९ सय ५५ रुपैयाँसहित ४ जना पक्राउ परेका हुन्। 

गौरीगंगा नगरपालिका–१ चौमालास्थित होटलको कोठामा तास खेलिरहेको अवस्थामा ८१ हजार ९ सय ४१ रुपैयाँसहित ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यसैगरी कञ्चनपुरका दुई स्थानबाट तास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–५ सोभातालमा २७ र कृष्णपुर नगरपालिका–४ किचाईमा १० जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन। 

उनीहरुको साथबाट १ लाख ८० हजार १ सय रुपैयाँ पनि बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, बेलौरी नगरपालिका–५ सोभातालस्थित बाझो घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन्।

उनीहरुको साथबाट ५२ हजार १ सय २८ रुपैयाँ र ४ गड्डी सहित पनि बराबर गरिएको छ।

यस्तै, कृष्णपुर नगरपालिका–४ किचाईस्थित प्रकाश ऐरको घरको कोठाभित्र तास खेलिरहेको १० जना पक्राउ परेका छन्। उनीहरुको साथबाट १ लाख २७ हजार ९ सय ७२ रुपैयाँ र २ गड्डी तास बराबर गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad