समाज


सँगै जंगल गएका साथीले जनावर ठानेर जब साथीमाथि नै गोली चलाए...

सँगै जंगल गएका साथीले जनावर ठानेर  जब साथीमाथि नै गोली चलाए...

नेपालखबर
साउन २०, २०८१ आइतबार ७:३१, काठमाडौँ

आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोलीले लाग्दा डोटीमा एक युवकको मृत्यु भएको छ। 

वन्य जन्तुको चोरीसिकारी गर्न गएका डोटीको पूर्वीचौकी गाउँपालिका–६, गाँजरीका ३० वर्षीय अमर थापाको साथीले प्रहार गरेको गोलीले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

गएको शुक्रबार थापा दुई साथीसहित स्थानीय सामुदायिक वनमा वन्यजन्तुको सिकार खेल्न गएका थिए। 

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार स्थानीय कादमखोला अन्तर्गतको सामुदायिक वनमा उनीहरु सिकार खोज्न गएको बेला घटना भएको हो। 

सिकारीले बन्यजन्तु ठानेर गोली प्रहार गर्दा सँगै सिकार खेल्न गएका साथीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोली लागेर छट्पटाइरहेको अवस्थामा फेला परेका थापाको घटनास्थलमै मृत्यु भएको हो। उनको छातीमा गोली लागेको पाइएको छ। 

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दिपायल सिलगढी नगरपालिका–८, डाँडागाउँका ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्ली साउदलाई पक्राउ गरेको छ। 

घटनापछि फरार रहेका उनीहरुलाई लुकिरहेको अवस्थामा भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad