ad ad

कला


प्रसिद्ध भरतनाट्यम नृत्यांगना यामिनी कृष्णमूर्तिको निधन

प्रसिद्ध भरतनाट्यम नृत्यांगना यामिनी कृष्णमूर्तिको निधन

नेपालखबर
साउन २०, २०८१ आइतबार ७:३१, काठमाडौँ

प्रसिद्ध भरतनाट्यम नृत्यांगना तथा पद्मविभूषण पुरस्कार विजेता यामिनी कृष्णमूर्तिको ८४ वर्षको उमेरमा निधन भएको छ।

आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री र वाईएसआर कांग्रेस पार्टी वाईएस जगनमोहन रेड्डीले शनिबार एक्समार्फत यामिनी कृष्णमूर्तिलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले लेखेका छन्- प्रसिद्ध कुचिपुडी र भरतनाट्यम कलाकार यामिनी कृष्णमूर्तिको निधनको खबर सुनेर म गहिरो दुःखी छु। यस कठिन समयमा पीडित परिवारमा मेरो समवेदना र प्रार्थना छ।

संगीत नाटक अकादमीले पनि यामिनी कृष्णमूर्तिलाई श्रद्धाञ्जली अर्पण गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .