ad ad

समाज


डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते

नेपालखबर
जेठ २३, २०८१ बुधबार १०:४४, डाेटी

दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान जि दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै मृत्यु भएकाे छ। प्रहरीका अनुसार साेही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सात जनाकाे स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।  जिपमा चालकसहित नौजना सवार थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .