ad ad

समाज


जंगलमा कुलो खन्न गएकी महिलाको डढेलोमा जलेर मृत्यु

जंगलमा कुलो खन्न गएकी महिलाको डढेलोमा जलेर मृत्यु

नेपालखबर
चैत १६, २०८० शुक्रबार १०:४१, डोटी

वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएकी डोटीकी एक महिलाको मृत्यु भएको छ।

बिहीबार जङ्गलमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज (शुक्रबार) बिहान मृत्यु भएको हो। 

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएको बेला भण्डारी डढेलोमा परेर गम्भीर घाइते भएकी थिइन्।

भण्डारीसँगै कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो। 

डढेलोमा परेर गम्भीर घाइते भएकी भण्डारीलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी लगिएको थियो। 

धनगढीस्थित निसर्ग अस्पतालमा गएराति १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .