समाज


खोला अवैध उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर हत्या

खोला अवैध उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर हत्या

शैलेन्द्र महतो
पुस २५, २०७६ शुक्रबार १:५१,

अवैध ढंगले खोला उत्खननकाे विरोध गर्ने धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरले ठक्कर दिँदा मृत्यु भएको छ।

आज (शुक्रबार) बिहान अन्दाजी पाँच बजे छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हाे।

प्रहरी अधिकारी र स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन्।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ। टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। ‘घटनाको प्रकृति हेर्दा नियोजित रुपमा हत्या नै गरेको जस्तो देखिन्छ,’ प्रहरी निरीक्षक रामकुमार यादवले भने। घटना पश्चात् टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार महताे भारतमा ईन्जिनियरिङ पढ्दै थिए।

birodha

अहिले घटनास्थलमा स्थानीय भेला भएर  घटनाको विरोध गरिरहेका छन्। गिट्टीबालुवा उत्खनन गरिरहेकै ठाउँमा उनको हत्या गरिएकाे आरोप स्थानीयले लगाएका छन्।

दीलिपले पहिलादेखि नै अवैध रुपमा हुँदै आएको खोला उत्खनननकाे विरोध गर्दै आएका थिए। सोही कारण क्रसर सञ्चालकले उनको नियाेजित रुपमा हत्या गरेको स्थानीयले बताएका छन्।

घटनाको विरोधमा स्थानीयले मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा सडकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .