दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
तुलसीपुरबाट काठमाडौँ तर्फ आउँदै गरेको प्रदेश-३-०१००६ ख ०९७५ नम्बरको बस शुक्रबार साँझ दुर्घटना हुँदा १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
तुलसीपुर-घोराही सडकमा पर्ने तुलसीपुर उपमहागनरपालिका-१८ बिजौरीमा अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको हो।
घाइते सबैको तुलसीपुरस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सबै घाइते खतरामुक्त रहेका प्रहरीले जनाएको छ।
63
Shares
प्रतिक्रिया