समाज


भारतमा हिमपहिरो : बेपत्तामा तीन नेपाली पनि (नामसहित)

भारतमा हिमपहिरो : बेपत्तामा तीन नेपाली पनि (नामसहित)

नेपालखबर
माघ २६, २०७७ सोमबार २३:२५,

भारतको उत्तराखण्डमा पर्ने चमौली जिल्लामा आइतबार हिमनदी फुटेर आएको भीषण बाढीमा परेर बेपत्ता हुनेमा ३ नेपाली पनि परेका छन्।

स्थानीय प्रशासनले बाढीमा परी हराइरहेका १ सय १५ जनाको नाम सोमबार सार्वजनिक गरेको हो। जसमा नेपालका सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल पनि छन्। तीनै जना कैलाली टीकापुरका बसिन्दा हुन्। 

बेपत्ता भएकामा सबैभन्दा बढी भारत उत्तर प्रदेशका बसिन्दा छन्। उत्तर प्रदेशका मात्र ४६ जना बपत्ता भएका हुन्।

त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पन्जाबका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु-कस्मिरका १ र ओडिसाका १ जना छन्।

बेपत्ताको खोजी जारी रहेकाे स्थानीय प्रशासनले जनाएको छ। बेपत्ता हुने धेरैजसाे व्यक्ति हाइड्रोपावरमै काम गर्ने मजदुर हुन्। 

आइतबार बिहान साढे १० बजे हिमनदी फुट्दा ऋषिगंगालगायत नदीमा ठूलो बाढी आएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म २० जनाभन्दा बढीको शव फेला परेका छन्। जलविद्युत आयोजनाका सुरुङमा फसेका मजजदुरको उद्धार गर्ने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad