रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि दक्षिण कोरिया जान नपाएका युवाले प्रदर्शन गरेका छन्।
उनीहरूले मंगलबार कामठाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। यसअघि उनीहरूले ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालय अगाडी प्रदर्शन गरेका थिए।
उनीहरूले रोस्टर अवधि थप गर्न माग गरेका छन्। ईपीएस उत्तीर्ण भएका युवा रोजगारदताको छनोटमा परेपछि ले दुई वर्षभित्र दक्षिण कोरिया जान पाउँछन्। ईपीएस उत्तीर्ण गरेको दुई वर्षसम्म रोजगारदाताको छनोटमा नपरेपछि नाम हटाइने गरेको छ। यसरी रोस्टरबाट नाम हटेका युवाले फेरि भाषा परीक्षा दिनुपर्छ।
अहिले ईपीएस उत्तीर्ण गरेका युवा पनि रोजगारदाताको छनोटमा नपर्दा कोरिया जान पाएका छैनन्। उनीहरूको रोस्टर अवधि सकिँदै गएको छ। त्यसैले उनीहरूले रोस्टर अवधि बढाउन माग गर्दै प्रदर्शन गरेका हुन्।











Shares

प्रतिक्रिया