काठमाडौंको नयाँबजारस्थित एउटा विद्यालयको छात्रावासमा बालक मृत भेटिएपछि तनाव भएको छ।
दुई दिनअघि अभिषेक इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रवासमै धादिङका ११ वर्षीय अभिषेक तामाङ झुन्डिएको अवस्थामा भेटिएपछि नयाँ बजार, सोह्रखुट्टे क्षेत्र शुक्रबार तनावग्रस्त बनेको छ।
विद्यार्थीका आफन्त र स्थाीयबासीले आन्दोलन गर्दा प्रहरीसँग झडप भएको छ। झडपमा उत्रिएका केही स्थानीयलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।
५ कक्षामा अध्यनरत अभिषेकको मृत्यु शंकास्पद भन्दै स्थनीयबासीहरु ढुंगामुढासहित प्रहरीविरुद्ध खनिएका थिए।
यसअघि आफन्तहरु छात्रावास पुग्नुअघि नै बालकको शव घटनास्थलबाट झिकेर अस्पताल पुर्याएको भन्दै आन्दोलन सुरु भएको थियो।
जेठ १९, २०८०, शुक्रबार
294
Shares
प्रतिक्रिया